काठमाडौं । नेपाल सरकारले सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ ।
सरकारले हालका साधारण नम्बर प्लेटलाई इम्बोस्डमा रूपान्तरण गराउन शुरू गरेको छ । नयां दर्ता हुने सबै सवारी साधनले इम्बोस्ड नम्बर प्लेट राख्नुपर्नेछ । पुराना सवारी साधनले पनि क्रमशः अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । विशेष गरी सवारी साधनको चोरी, राजस्व छली तथा अन्य आपराधिक क्रियाकलाप रोक्न र सवारी साधन व्यवस्थापन आधुनिक बनाउन इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको विभागले जनाएको छ । धातुको प्लेटमा बाहिर देखिने गरी ‘पन्चिङ’ गरेर प्लेटमा नम्बर राखिनेछ ।
प्लेटमा सात अंक भएको गोप्य नम्बरसहितको ‘चिप’ जडान गरिएको हुन्छ । जसमा सवारीको चेसिस नम्बर, दर्ता नम्बर, इन्जिन नम्बर लगायतका अनिवार्य विवरणको अभिलेख हुन्छ । सडकमा यो चिप पढ्न सक्ने गेट निर्माण गरिन्छ । यस्तो गेटबाट पार हुने गाडीको सबै विवरण स्वचालित रूपमा विवरण दर्ता हुन्छ । यस्तो विवरण प्रहरीले कार्यालयबाटै हेर्न सक्छ । इम्बोस्ड नम्बर प्लेट लिन सवारी साधनअनुसार शुल्क तोकेको छ । मोटरसाइकल र स्कुटरका लागि २ हजार ५०० रुपैया“, तीन पांग्रे साधनका लागि २ हजार ९०० रुपैयां, चार पांग्रेका ३ हजार २०० सय रुपैया“ र ठूला साधनका लागि ३ हजार ६०० रुपैया“ तोकिएको छ ।
प्रतिक्रिया