कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको घोषणा, मन्त्रीलाई फिर्ता बोलाइयो

काठमाडौं, ४ चैत्र ।  कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। भोलिबाट लागू हुने गरी बुधबार केपी ओली नेतृत्वको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ। आज संसदीय दलको बैठकमा सांसदहरू यामलाल कँडेल, गुलावजंग शाह, पदमबहादुर रोकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बोहोरा, राजु नेपाली, मिनासिंह रखाल, कौशिलावती खत्री र पद्ममा खड्का रहनुभएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति