खनाल-नेपाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै


काठमाडौं, ४ चैत । नेकपा एमालेको झलनाथ खनाल(माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् ।

नजिकका नेता–कार्यकर्ता बुधबार आइपुग्ने समूहले बताएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल–नेपाल समूहले भेला गर्न लागेको हो ।यो समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाउनु भएको थियो तर कुरा मिल्न नसकेपछि आजदेखि भेला आयोजना हुन लागेको हो ।भेलाका लागि खनाल-नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति