भारतमा २४ घण्टामा २७ हजार ५१२ जनामा संक्रमण, १५७ जनाको मृत्यु

काठमाडौं, २९  फागुन ।   भारतमा १ करोड १३ लाख ३३ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १३ लाख ३३ हजार ४९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १५७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५८ हजार ४८३ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ९ लाख ७१ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ३ हजार ६६१ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति