भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ३५३ जनामा संक्रमण, ७६ जनाको मृत्यु

काठमाडौं, २५ फागुन । भारतमा १ करोड १२ लाख ४४ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५ हजार ३५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १२ लाख ४४ हजार ६२४ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ७६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ९६६ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८ लाख ९७ हजार ४८६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ८९ हजार १७२ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति