२४ घण्टामा कोरोनाबाट भारतमा १०९ जनाको मृत्यु , १८ हजार २९२ जनामा संक्रमण,

काठमाडौं, २२ फागुन ।  भारतमा १ करोड ११ लाख ९१ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ११ लाख ९१ हजार ८६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ६९३ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८ लाख ५२ हजार १७४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ८१ हजार ९९७ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति