कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

काठमाडौं । सरकारले आगामी २३ फागुनदेखि शुरु गर्न लागेको कोभिडविरुद्धको खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकालाई राखेको छ ।

तोकिएको समयमा सम्झौता अनुसारको खोप नआएपछि यसअघि ५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संसोधन गरी ६५ वर्ष पु¥याइएको हो । यसअघि ६० वर्ष माथिकालाई खोप दिने तयारी गरे तापनि संशोधन गरेर ५५ वर्ष पुर्याइएको थियो । सरकारले दुई साताभित्र २० लाख डोज कोभिसिल्ड ल्याइपु¥याउने गरी सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो ।

सिरमले सम्झौताअनुसार १० लाख डोज पठाए पनि दोस्रो डोज समयमै पठाउन नसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ । सिरमले सम्झौताअनुसार बुधबारसम्म थप १० लाख डोज पठाउनै पर्ने भएपनि खोप आउन नसक्दा प्राथमिकता परिवर्तन गरिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति