देशभरको मौसम दिनभर र राति कस्तो होला ?

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले बताए । उनका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म रहने छ ।

हाल देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको छ । दिउँसो देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव एक डिग्री सेल्सियस रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति