आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताए । यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे । उनले भने“मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन ।”

फरक प्रसङ्गमा उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट गरे । उनले भने,“हाम्रो उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ ।” सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उनले स्पष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा महतको भनाइ थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board