साहित्यकार अमरको अर्को एल्बम “छाया” सार्वजनिक

काठमाडौं, २० फागुन। साहित्यकार तथा गितकार सुरेन्द्र महर्जन “अमर”को २८ औं कृतीको रुपमा छायाँ गीतिएल्बम बुधवार राजधानी काठमाडौंमा एक समारोह बीच सार्वजनिक भएको छ । ओएस नेपालको आयोजना र राईजिङ्ग कृयटिभको प्रस्तुति रहेको उक्त एल्बम भित्र मेलिना राई र प्रदिप ग्लानको स्वर रहेको “म भन्दा नी“ मिलन नेवार र दिपक लिम्बुको स्वर रहेको “फेसबुकमा लेखू” कि टुइटरमा लेखू”, प्रदिप ग्लानको स्वरमा “आँसु झर्दा पुच्छी दिने”, रिता के।सीको स्वरमा “थाहै नपाई”, आर्यन खत्री र संगीता रायमाझीको स्वरमा “तिम्रो कसम” र लुमा स्याङ्ग्बोको स्वरमा “रमझम रमझम लाग्छ तिमी साथ हुदा” स्वर रहेको छ ।

गीतहरूको संगीतकारहरूमा राम कार्की, पुष्कर सुनुवाइ, राजकुमार, सबिन लिम्बुको रहेको छ । गीतहरूको एरेन्ज पुष्कर सुनुवार, राम कार्की, टंक बुढाथोकी, बुद्ध सायमी आदिले गरेका छन् ।
कार्यक्रममा गायक प्रदिप ग्लानले म भन्दा नि–३ को गीत गाउनुका साथै मन्तव्य व्यक्त गरेको थिए । एल्वम सार्वजानिक कार्यक्रमा पत्रकारहरू कविराज बुढाथोकी, बिकाश आचार्य, यमन पौडेल, पाशङ्ग तामाङ, राजु श्रेष्ठ, संगीतकारहरू सन्तोष श्रेष्ठ, तुलसी गिरी, विनोद श्रेष्ठ आदिले “अमर”को कृति बारे धारणा राखेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board