‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’ : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरेका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गरे ।

सभामुुख सापकोटाले भने “खोप लगाउँदा अलि असहज हुुन्छ कि भनी सोचेको थिए । बिल्कुुल असहज भएन । खोप लगाउने बेला हुँदैछ होला भन्दै थिए, खोप दिइसकिएको छ ।” नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सबै नेपाली नागरिकलाई विना हिचकिचाहट सहज ढङ्गले खोप प्रयोग गरी स्वथ्य रहन अपिल गरे ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आविष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुुविरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताउँदै उनले औषधि प्रभावकारी साबित भएसँगै मानिसको प्रकृतिमाथि विजयको नयाँ सिँढीमा मान्छे कुुद्न सफल भएको उल्लेख गरे । अध्यक्ष दाहालले भने, “अरूलाई लगाएको देख्दा अलि दुख्छ जस्तो लागेको थियो, आफैँले लगाउँदा खोप लगाएको थाहा नै पाइनँ । कतिबेला खोप्नुु हुुन्छ होला भनेको त भइसक्यो पो भने । बडो सरल रहेछ । कसैले कुनै पनि खाले तनाव लिनुुपर्ने अवस्था छैन । सहज ढङ्गबाट हुुन्छ ।”

सञ्चारकर्मीको राजनीतिक सङ्क्रमणबारे सोधेको प्रश्नमा उनले सर्वोच्च अदालतको फैसलाले संविधान, प्रणाली, लोकतन्त्रलाई ठीक ढङ्गबाट अघि बढ्न बाटो खोलिदिएको बताए । उनले भने “अब राजनीति पनि ट्र्याकमा जान्छ भन्ने कुुराको पहिलो सुुनिश्चितता अदालतको फैसलाले ग¥यो, न्याय, लोकतन्त्र र संविधानको जीत भएको छ, यो महत्वपूूर्ण हो । बाँकी २३ गतेबाट बस्ने प्रतिनिधिसभाको अधिवेशनबाट प्रस्ट हुुन्छ ।”

पूर्वप्रधानमन्त्री माधवकुुमार नेपालले अन्तर्राष्ट्रिय समुुदायबाट गहिरो अध्ययन र अनुसन्धानबाट प्रभावकारी साबित भएको कोभिड–१९ विरुद्धको खोप ढुुक्क भएर विश्वासका साथ लगाउन सर्वसाधारणलाई सुुझाव दिए । उनले भने “यसअघि पनि मैले विभिन्न खाले धेरै खोप लगाएकाले यस पटक खोप लगाउँदा कुुनै खासै अनुुभव भएन । घोचिएको पनि अनुुभव हुुँदो रहेनछ । आतिन पर्ने अवस्था छैन । खोप लगाउनुु प¥यो, स्वथ्य हुन प¥यो ।”

पूूर्वप्रधानमन्त्री नेपालले राजनीतिक सङ्क्रमण फैलने सम्भावनाको खतरालाई सर्वोच्च अदालतबाट पहिलो खोपजस्तै गरी आएको फैसलाले ठीक बाटोमा अघि बढ्न एउटा बाटो देखाएको प्रतिक्रिया दिए । उनले भने, “फैसलाबाट खतरामा परेको लोकतन्त्र, संविधानलाई जोगाएको छ, अब बाँकी राजनीति क्षेत्रमा अहिले देखिरहेको सङ्क्रमणको समाधान संसद्मार्फत राजनीतिक दलले गर्छन् ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board