सरकारसँग वार्ता गर्न ‘प्रकाण्ड’को नेतृत्वमा विप्लवको वार्ता टोली

काठमाडौ, १८ फागनु ।सरकारले वार्ता टोली बनाएको केही समयपछि नै विप्लव नेतृत्वको नेकपाले पनि वार्ता टोली घोषणा गरेको छ।

विप्लवले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा टोली गठन गरेका हुन्। दुई सदस्यीय टोलीमा प्रकाण्डसँगै उदयबहादुर चलाउने ‘दिपक’ रहेका छन् ।

यसअघि पुस दोस्रो साता बसेको विप्लव नेकपाको केन्द्रीय समिति बैठकले बनाएको वार्ता टोलीलाई नै निरन्तरता दिइएको हो। सरकारले वार्ता टोली बनाएको केही समयमै विप्लवले पनि टोली गठन गरेका हुन्। वार्ता टोलीबारे औपचारिक जानकारी भने केही समयपछि दिइने बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति