भारतमा २४ घण्टामा ११ हजार ५६३ जनामा संक्रमण, ८० जनाको मृत्यु

काठमाडौँ, १८ फागुन । भारतमा १ करोड ११ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ५६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ११ लाख २३ हजार ६१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार २७५ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७ लाख ९६ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ६९ हजार ७८६ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board