“गोबेल्सहरुको सुरक्षामा बसेर यी हिटलरहरु गणतन्त्रलाई अपहरण गर्ने पक्षमा छन्”

नेपालको गणतन्त्रवादी पार्टीहरुले गणतन्त्र बाहेकको अर्को कुनै पनि संगठन र संघर्षहरु भएका
गरेका छैनन्। यहाँनेर मैले गणतन्त्रवादी पार्टीहरु भन्न खोजेको हो । गणतन्त्रको लडाईमा विभिन्न पटक गणतन्त्रको अपहरण पनि भएका छन्तर संघर्ष चाँहि गणतन्त्रको प्राप्तिको लागि मात्र भएका छन्। त्यसो भएको हुनाले यी पार्टीहरु जन्मनुभन्दा अगाडी पनि गणतन्त्रको लागि संघर्षहरु भएका थिए । त्यस हिसाबले गणतन्त्रमा अथवा गणतन्त्र प्राप्तिको लडाईमा कुनै पनि पार्टी विशेषको ट्याग झुन्ड्याईरहनु पर्ने आवश्यकता छैन ।

लेखक

नेपाली क्रान्तिको इतिहास भन्दा अगाडि नै गणतन्त्रको विकास भएको हामी पाउँछौ । अहिलेको नेपाली इतिहास त्यो प्रकारको गणतन्त्रवादीहरुको बाहुल्यता छ भन्ने मलाई लाग्छ किनभने कृष्णप्रसाद कोइरालादेखि लिएर बि.पी. कोइराला, पुष्पलालदेखि लिएर मदन भण्डारी, गिरिजा प्रसाद कोइरादेखि लिएर प्रचण्डसम्म आइपुग्दाखेरिसम्म यो संघर्ष, यो लडाई भनेको गणतन्त्रवादीहरुको लडाई हो भन्ने बुझ्न सकिन्छ । त्यसो भएको हुनाले यी माथि उल्लेख गरिएका व्यक्तिहरु पार्टी स्थापना भएदेखि उनीहरुलाई जहिल्यै पनि गणतन्त्र प्राप्तिको लडाई मात्रै लड्नु प¥यो ।

यहाँनेर गणतन्त्रको अपहरण भएको कारणले यो लडाई लड्नु परेको छ । अहिले पनि त्यो लक्षणहरु देखा परेका हुनाले यहाँ गणतन्त्र प्राप्तिको लडाईमा कुनै पनि व्यक्ति विशेष र डिप्लोम्याटिक रिपब्लिकनहरुको नै बाहुल्यता रहेको भन्ने कुराहरु बुझ्नुपर्छ । जस्तो जब पार्टीनै नजन्मेको बेलादेखि गणतन्त्रको लागि संघर्ष विकास भएको थियो भने र त्यो संघर्ष रिपब्लिकनहरुको थियो । यहाँ पार्टीहरुको भन्दा पनि रिपब्लिकनहरुको उनीहरुको लक्ष्य, उनीहरुको क्रान्ति, उनीहरुको संघर्षलाई महत्व दिनुपर्ने हुन्छ । त्यसो भएको हुनाले अहिलेसम्म माथि उल्लेख गरिएका ऐतिहासिक तथा युगान्तकारी पुरुषहरु देशका, राज्यका पूँजी हुन्, मुलुकका सम्पत्ति हुन्जसले सँधैभरि गणतान्त्रिक प्राप्तिको लडाईमा आफूलाई मटियामेट पारेका छन्।

यो गणतान्त्रिक अभियानमा धेरै पल्ट गणतन्त्रकोअपहरण भएको छ । त्यो अपहरण २०१७ सालमा
सुरु भएको थियो, जतिखेर बि.पी. कोइरालाको नेत्तृत्वमा सरकार बनिएको थियो । त्यो गणतन्त्र विरोधीहरुले अपहरण गरे । त्यो गणतन्त्रविरोधीहरुले अपहरण गरेपछि त्यसका प्रतिक्रान्तिकारीहरु पनि त्यहाँ जन्मन्छन्।

अहिले आएर कम्युनिष्ट पार्टीभित्र धेरै प्रतिक्रान्तिकारीहरु जन्मिएका छन् । जस्तो स्तालिनलाई एकदम भगवान् जस्तो मान्ने खु्रश्चेभले जो कि पछि इभानको जस्तो डाँकु भनेर पनि भन्न भ्याए । त्यस्तै माओत्सेतुङ्गले सबैभन्दा विश्वास गरेर राखेको लीन प्याओले माओलाई मारेर छिटै आफू सत्तामा जाने बल ग¥यो तर उसले त्यो कुराहरु भोग्न पाएन । किनभने गणतन्त्रका विरोधीहरु, प्रतिक्रान्तिकारीहरुको धर्म हुँदैन । कुनै सत्ता हुँदैन, कुनै लक्ष्य हुँदैन । उनीहरु प्रतिक्रियावादीहरु प्रतिक्रान्तिकारीहरु नै हुन्छन्।

नेपालको सन्दर्भमा नेपाली कांग्रेसको पार्टीलाई छेदविच्छेद गराउने ती प्रतिक्रान्तिकारीहरुमा को
रहे भन्दाखेरि डा. तुलसी गिरी र परशुनारायण चौधरी नै हुन्। केशरजङ्ग रायमाझीहरु निर्वाचित र बहुमत प्राप्त प्रतिक्रान्तिकारीहरु जन्मेका थिए भन्ने कुराहरु इतिहासले प्रमाणित गरेको छ । त्यसो भएको हुनाले यी प्रतिक्रान्तिकारीहरु कम्युनिष्ट पार्टीभित्र हरेक बेला जन्मने गर्छन् र हरेक बेला उनीहरु चलमलाउने गर्छन् । बि.पी.कोइरालालाई जेल ठोसेर अनि मुलुकको धर्म हिन्दु धर्म हुन्छ भन्नेहरु त्यतिबेलाका तानाशाहहरु हुन्।

उनीहरुको इतिहास अहिले धुलोमा मिलिसकेको छ । त्यसो भएको हुनाले यी गणतन्त्र विरोधीहरुलाई नेपाली कांग्रेसका नेता लोक प्रसाद संग्रौला भन्नुहुन्छ–“बि.पी.लाई जेल ठोसेर राज्यको धर्म हिन्दु धर्म हुन्छ भन्नेहरु तानाशाहहरुले नराम्रो पाप भोग्नुपर्छ । यो धर्म भनेको कहीँपनि हुँदैन । राज्यको कुनै पनि धर्म हुँदैन तर संस्कार भनेको आ–आफ्नो हुन्छ ।” भनेर वहाँले बुझाउनु भएको छ । कोहीचाँहि संस्कारमा हिन्दु हुन्छन्, कोही प्राकृतिक संस्कारका हुन्छन्, कोही बौद्ध धर्मका हुन्छन्। त्यसो भएको हुनाले ‘यो धर्मलाई, त्यो धर्मलाई’ भनेर हिँड्ने जो कोहि पनि गणतन्त्र विरोधी हो भनेर भन्नु हुन्छ । त्यसकारणले गर्दा खेरि अब नेपाली कांग्रेसबाट जन्मिएका यी प्रतिक्रान्तिकारीहरु कति थिए होलान्त भन्दा खेरि त्यसमा पनि कम्युनिष्टहरुमा त्यतिखेर थोरै संख्यामा भएपनि प्रतिक्रान्तिकारीहरु निकै देखिएका हुन सक्छन् । ती प्रतिक्रान्तिकारीहरुको अहिले नाम लिएर सकिदैन ।

त्यसैगरि ओखलढुंगा गणतन्त्र प्राप्तिको युद्धमा प्रतिक्रान्तिकारीहरुले बाटैबाट युद्धमोर्चामा जाँदा आफ्नो असली रुप देखाएको हुनाले गणतन्त्र प्राप्तिको युद्ध असफल भयो । अब व्यक्तिगत रुपमा पनि गणतन्त्रवादीहरु, रिपब्लिकनहरुको कुनै पनि राजनीतिमा नरहीकन पनि अथवा शुद्ध आफ्नो पेशा गर्ने अथवा नन–पोलिटिकल मान्छेहरु पनि गणतन्त्रको प्राप्तिको लडाईमा आफ्नो ज्यान दिएर लडेको हामी उदाहरण पाउँछौ । जस्तो कि केशव प्रसाद कोइराला । वहाँ एउटा महा–विद्वान हुनुहुन्थ्यो र सन्४५मा फरेष्ट साईन्समा कराँची युनिभर्सिटीबाट पास गर्नु भएको हो ।
वहाँले जहिले पनि वैदिक तरिकाबाट हिसाबहरु गर्नुहुन्थ्यो ।

अल्जेब्राका हिसाबहरुलाई हल गर्नु हुन्थ्यो । तर वहाँ बिल्कुनै नन–पोलिटिकल मान्छे हुनुहुन्थ्यो । वहाँ २५ के.जी. भन्दा बढिको एउटा रेडियो ट्रान्समिटर बोकेर फालेलुङको जंगलमा ‘वीर विश्वेश्वर जिन्दावाद’ भनेर नारा लाउँदै हिँड्नु भयो तर वहाँले आफू कहिल्यै पनि कांग्रेसी हो भनेर भन्नु भएन । वहाँ कांग्रेस होइन र कांग्रेसको राजनीति वहाँमा थिएन । वहाँ एकदम नन–पोलिटिकल बुद्धिजीवि हुनुहुन्थ्यो । अब एउटा उदाहरण दिन सकिन्छ क्याप्टेन इन्द्रहाङ्ग लिम्बुको । क्याप्टेन इन्द्रहाङ्ग लिम्बुजो ब्रिटीश लाहुरे हुनुहुन्थ्यो, त्यतिखेर झोडावासी भनेर चिनिनु हुन्थ्यो । वहाँ धरानमा बस्नु हुन्थ्यो । वहाँ जेल पर्नु भएको थियो । जेल पर्दाखेरि केशव प्रसाद कोइरालाजीसँग भेट भएको थियो । वहाँले के भन्नु भएको थियो भने–त्यतिखेर झोडावासीहरु भरत मोहन अधिकारीजी र कमल कोइरालाजीको मातहतमा वहाँहरुले संगठन गर्नुहुन्थ्यो ।

झोडावासी भनेपछि प्रायःजसो लिम्बुहरु हुन्थे । त्यसमा पनि लाहुरेहरु हुन्थे । ती सबैको संगठन गर्नेचाँहि वहाँहरु कमलजी र भरतजीहरु आफूलाई मान्नुहुन्थ्यो । तर जब वहाँ इन्द्रहाङ्ग लिम्बुले केशव प्रसाद कोइरालाजीलाई भेट्नु भयो, वहाँ केशव प्रसाद कोइरालाले कहिल्यैपनि जेलमा बस्दाखेरि पनि बाहिर हिँड्दाखेरि पनि आफूलाई कांग्रेस भनेर भन्नु भयो । केशव प्रसाद कोइरालाको व्यवहारले, वहाँको चालचलनले, वहाँको इम्प्रेशनले गर्दाखेरि इन्द्रहाङ्ग लिम्बुले आफूलाई नेपाली कांग्रेसमा प्रवेश गराउनु भयो । यो एउटा उदाहरण मात्रै हो । दुनियाँमा धेरै मान्छेहरु चाहे राजनीतिक होस् चाहे नहोस्, यस्ता कुराहरु हुन्छन् ।

जी.पी. कोइरालाले आफू निर्वासन रहँदाखेरि इन्डियामा ट्रेनमा सफर गर्दाखेरि वहाँले दुईजना तन्नेरी केटाहरु राम–लक्ष्मणलाई भेट्नु भयो । वहाँहरु लहानमा बस्नु हुन्थ्यो । वहाँहरु ट्रेनमा कतै जानु भएको थियो । वहाँले ती ट्रेनमा भेटेका केटाहरुलाई सोध्नु भयो र आफ्नो क्याम्पमा लगेर प्रशिक्षण दिएर नेपाल पठाउनु भयो। उनीहरु कोइराला निवासमा बसेर पढ्ने गर्नुहुन्थ्यो । एकपटक ‘यिनीहरु एकदम खतरनाक मान्छेहरु हुन्’ भनेर प्रशासनले वहाँहरुलाई पकडेर लगेछन्। लक्ष्मणलाई तेह्रथुम जेल पु¥याइयो र रामलाई धनकुटा जेलमा राखेछन्। राम दाजु र लक्ष्मण भाई हुन्। त्यहाँका कैदीहरुले रामलाई सोधेछन्कि ‘तपाई के कर्तव्य गरेर आउनुभयो ?’ । वहाँले भन्नु भयो ‘म राजा मार्ने कर्तव्य गरेर आएको ।’ त्यहि कारणले गर्दाखेरि अहिलेसम्म लडाई खाली गणतन्त्र प्राप्तिको लागि मात्र छ । यसै बेला प्रतिक्रान्तिकारीहरुले टाउको उठाउँछन्। तर लामो लामो समयसम्म गणतन्त्रको अपहरण भएकोछ ।

यहि तानाशाहहरुबाट अपहरण भएको छ । त्यसले गर्दाखेरि यो एकपटक ३० वर्षसम्म अपहरण भयो । बी.पी. कोइरालालाई हटाएपछि ३० वर्षसम्म यसको अपहरण भयो । त्यतिबेला पनि भयंकर तरिकाले प्रतिक्रान्तिकारीहरु पनि निक्लिएका थिए । त्यसकारण बी.पी.लाई फाँसी दिने निर्णय, विदेशबाट नेपाल आउँदाखेरि एयरपोर्टमा कतै बस्न नदिने जस्ता कार्य गरेका थिए । वहाँले पनि स्ट्राटेजीको रुपमा ‘म र राजाको घाँटी जोडिएको छ’ भन्नु भएको छ । कहिँ पनि बस्न नदिए पछि इन्डियामा इमर्जेन्सी हिँडेर त्यहाँ शरणार्थीको रुपमा बस्न जानु भयो । वहाँलाई कहीँपनि बस्न नदिने एउटा तानाशाहहरुको स्ट्राटेजी थियो भने वहाँले त्यो स्ट्राटेजीलाई ब्रेक गर्नको लागि ‘म र राजाको घाँटी जोडिएको छ ।’ भनेर भन्नु भयो । त्यो केवल बी.पी. कोइरालाको स्ट्राटेजी मात्र थियो । त्यो केवल बी.पी. कोइरालाको स्ट्राटेजी मात्र थियो ।

अब अहिले कोही कोही कांग्रेसीहरु के भन्छन्त भन्दाखेरि यहाँचाँहि ‘बी.पी. ले यसो भनेका थिए
र हामीले पनि हिन्दु धर्म भनेका हौ ।’ भनेर भन्छन्। त्यो कुनै पनि हालतमा होइन । गणतन्त्र प्राप्तिको लडाईबाहेक नेपालमा कुनै अरु संघर्ष नै भएको छैन र त्यो हुँदैन पनि अब । किनभने अहिले पनि गणतन्त्रको प्राप्तिको मात्र लडाई हो । त्यो पछिल्लो कालमा आएर मदन भण्डारीदेखि लिएर गिरिजा प्रसाद कोइराला र अन्तमा अध्यक्ष प्रचण्ड समेतको यो नै मुख्य लडाई हो । गणतन्त्र प्राप्ति भनेपछि अब अहिलेको अवस्था अलिकति फरक छ किनभने एकपटक यो विश्व थर्काउने सामन्तवाद र साम्राज्यवादका दुमछल्लाहरुलाई काबुमा ल्याउने जुन जनयुद्ध भयो त्यहि जनयुद्धको कारणले गर्दाखेरिपनि अब यो गणतन्त्रको लडाईमा एकरुपता आएको हो ।

यसो भएको हुनाले यहाँ यो फेरि पनि अपहरण होला भनेर अहिले राजनीतिक पार्टीहरु सतर्क र
सजग हुनु पर्ने कुराहरु छ । त्यसले गर्दाखेरि यहाँनेर जी.पी.कोइरालाले जो कि जनताको छोराले इतिहासमा पहिलो पटक राजकीय सत्ता र राज्य सत्ताको उपभोग गर्नुभएको हो । यो भन्दा ठूलो अधिकार कहीँपनि मिल्दैन । इतिहासकै यो ठूलो अधिकार हो । अब संसद्ले गणतन्त्र घोषणा गरेको छ । के.बी.गुरुङ्ग नेपाली कांग्रेसकै व्यक्तित्व हुन्। वहाँकै नेत्तृत्वमा संसद्बसेर यो गणतन्त्र अहिलेको गणतन्त्र घोषणा गरिएको छ । अहिलेको गणतन्त्र अलि फरक किसिमले, अलि विकसित रुपले भएको हामी पाउँछौ । किनभने यसमा संविधान सभाले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भनेर भनेको छ । त्यसले गर्दा खेरि अब अहिले संघीयताको लागि फेरि अर्को गणतान्त्रिक लडाई लड्नु पर्ने स्थिति आउन सक्छ । यो जनयुद्धले थर्कमान पारेर साम्राज्यवादीहरुको मुटु थर्काएर ल्याएको संविधानलाई निस्तेज गर्ने र यसका अवयवहरुलाई भड्काउने, त्यसले गर्दा खेरि यो गणतन्त्रको विरुद्धमा उठ्नेहरु संघीयता विरोधीहरु पनि हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भन्ने कुरा अपरिवर्तनीय छ । यो जनयुद्धको तापले र अध्यक्ष
कमरेड प्रचण्ड त के भन्नुहुन्छ भने ‘जनयुद्ध गर्ने र जनआन्दोलन गर्नेहरुको बीचमा फ्युजन भएर आएको यो गणतन्त्र हो । यो संघीयता, धर्मनिरपेक्षता, समावेशिता आदि प्रष्ट उल्लेख भएको गणतन्त्र हो’ भनेर भन्नु हुन्छ । गिरिजा प्रसाद कोइराला जसले चाँहि इतिहासमा राजकीय शक्ति र राज्य शक्ति दुवै कुरा प्रयोग गर्न पायो, वहाँले असाध्यै डिप्लोम्याटिक कुरा गर्नु भयो । डा. शेखर कोइरालाले भन्नु भए अनुसार वहाँले गणतन्त्रको नयाँ परिभाषा गर्नु भएको छ । जस्तो कि वहाँले ‘टोटल डेमोक्रेसि’ भनेर भन्नु भएको छ अथवा ‘पूर्ण प्रजातन्त्र’ । ‘पूर्ण प्रजातन्त्र’ भनेकै गणतन्त्र हो । यसमा कुनै दुई विधा हुँदैन । यदि गिरिजा प्रसाद कोइरालाले चाहेर यसलाई यो इतिहासको ऐतिहासिक भारलाई सहयोग नगरेको भए आज हामी एउटा सामन्तवादीहरुको अथवा यो साम्राज्यवादीहरुको चंगुलमा हुन्थ्यौ । तर त्यो नगरिकन वहाँले सहयोग गर्नु भयो । अब हामीले बुझेको गणतन्त्र भनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो । यसको कतै कतै सुनिन्छ कि फेरि अपहरण हुन्छ भनेर भनिन्छ । यहाँ सयौं हिटलरहरु जन्मिसकेका छन् । हजारौं हजार गोबेल्सहरु तम्तयार छन् । तिनै गोबेल्सहरुको सुरक्षामा बसेर यी हिटलरहरु यो अहिलेको पाएको गणतन्त्रलाई अपहरण गर्ने पक्षमा छन्।

यसको एउटा उदाहरण दिन्छु कि झापाबाट कृष्ण प्रसाद सिटौलालाई हराउने र मोरङ्गबाट डा.
शेखर कोइरालालाई हराउने कपटपूर्ण साजिस थियो भन्न सकिन्छ । त्यो साजिस अति भयंकर थियो, यसरी डिजाईन गरिएको थियो कि नेपाली जनताको संघर्षले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विरुद्धमा नै थियो भन्ने कुराहरु हामीले बुझ्न सकिन्छ । यो साजिस लोकतान्त्रिक गणतन्त्रलाई फेरि पनि अपहरण गर्ने षडयन्त्रमूलक उद्देश्य भएको कुरा हामी देख्न सक्छौ । जुन नियतले यो गणतन्त्रलाई फेरि अपहरण गर्ने बुझिन्छ । यो कुराको लागि सम्पूर्ण गणतन्त्रवादी पार्टीहरु, व्यक्तिहरुले आफूलाई आत्मालोचना गर्नुपर्छ र माफी माग्नु पर्छ । यो भयंकर षड्यन्त्रमूलक क्रिया थियो । कृष्ण प्रसाद सिटौला र डा. शेखर कोइरालालाई हराउने जुन षड्यन्त्र भएको छ त्यो भयंकर नियोजित रुपमा, एकदमै षड्यन्त्रपूर्वक भएको कुरा म मान्छु । त्यतिखेर पनि कार्यकर्ताहरुले छातीमा ढुंगा राखेर भोट हालेका छन्।

यो गणतन्त्रको विरुद्धमा एउटा भयंकर ठूलो साजिस हो भनेर मलाई पनि लागेको हो । यसको आलोचनाहरु स्वतः आलोचना, स्वतः समीक्षा गणतन्त्रवादी पार्टीहरुले गर्नै पर्छ जब जब व्यक्तिगत रुपमा अथवा सामूहिक रुपमा गणतन्त्र प्राप्तिको लागि संघर्ष हुन्छ त्यतिखेर नयाँ विचारको जन्म भईराखेको हुन्छ । हिजोको विचारले आज काम गर्दैन । अहिले जनताले गणतन्त्रको अनुभूति गर्न पाएका छैनन् । गिरिजा प्रसाद कोइरालाले जनयुद्धलाई स्वामित्वमा लिनुभयो । जनयुद्धलाई स्वामित्वमा नलिईकन त्यो गणतन्त्र प्राप्तिको लडाई पूरा हुने थिएन । त्यो लडाई चलिराखेको बेला पहिलो पटक तानाशाहलाई बिदा गर्दा खेरि, संसद्बाट तानाशाहलाई हटाउँदा खेरि त्यो जनयुद्धको स्वामित्व लिएरै भएको हो तर यहाँ अहिलेको प्रशासनले के ग¥यो त भन्दाखेरि जनयुद्धको स्वामित्व त परै जाओस्त्यसको बर्खिलापमा हरेक कार्य गर्दै आएको हुनाले नेपालको इतिहासमा पनि त्यो अर्कै ढंगले विकास होला जस्तो छ ।

अब सबै गणतन्त्रवादी पार्टीहरुले गर्नुपर्ने सबैभन्दा पहिलो कुरा त यो गणतन्त्रको रक्षा गर्नु नै हो
अथवा त्यस प्रकारको संविधान संशोधन गरेर हुन्छ कि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई असाध्यै विवादरहित बनाउने, अपरिवर्तनीय बनाउने हो । यो नेपाली जनवादी क्रान्तिको आकाशमा, नेपाली गणतन्त्र प्राप्तिको लडाईको आकाशमा यो जुन काला बादलहरु मडारिरहेको छ यो राम्रो लक्षण देखिँदैन । जनताले गणतन्त्रको अनुभूति पनि गर्न पाएका छैनन्किनभने गणतन्त्रको अनुभूति गर्न पाएका भएदेखि को मधेसी, को पहाडी हुने नै थिएनन् । आस्थाका बन्दीहरु जेलमा हुने नै थिएनन् । जनताले गणतन्त्रको अनुभूति गर्न पाएका छैनन् । किन पाएका छैनन् भने विप्लब समूहलाई ब्यान्ड घोषणा गरिएकोले हो ।

माक्र्सवादलाई नेपाली शैलीमा व्याख्या गर्ने एकमात्र विद्वान कमरेड सुदर्शनलाई अहिले जेलमा ठोसेर राखिएको छ । मधेसवादी पार्टीहरुका मान्छेहरुलाई आस्थाको बन्दीको नाममा थुनामा राखेका छन् । चौधरीहरु पश्चिम नेपालदेखि पूर्वको सुनसरीसम्म छरिएर रहेका छन् । उनीहरुको लागि एउटा हेगेमनिस्टिक तरिकाले दमन गरिएको छ । सांसद्लाई समेत जेलमा कोचेर राखिएको छ । किनभने क्रान्ति हुँदा खेरि, जुनसुकै आन्दोलन हुँदाखेरि मार्ने र मर्नेहरु हुन्छन्। ४६ सालको आन्दोलनमा पनि ६÷७ जना प्रहरीहरुलाई भालाले रोपी–रोपी मारिएको थियो । त्यस्तो क्रियामा कुनै प्रतिक्रिया छैन, मानवअधिकार भन्ने छैन । त्यसले गर्दा खेरि अहिले आएर गणतन्त्रको प्राप्तिको लडाईमा, गणतन्त्रवादी पार्टीहरुको लडाईमा गणतन्त्र अपहरण गर्नलाई वा सयौं हिटलरहरु र हजारौं गोबेल्सहरु तयार भएको कुराहरु आएका छन्।

यसको लागि सबै आस्थाका बन्दीहरु अथवा संघीय लोकतान्त्रिक गणतन्त्रबाट घोषणा गरिएका, गणतान्त्रिक पार्टीहरुले घोषणा गरेका आफ्ना कार्यक्रमहरुमा यी कुराहरु राख्नु पर्छ भन्ने मलाई विश्वास छ । यो लडाईमा अथवा गणतन्त्र प्राप्तिको लडाईमा पनि विभिन्न कालखण्डमा २÷३ पटक अपहरण गर्न खोजियो । तर अपहरणकारीहरु जो थिए उनीहरु सबै ध्वस्त भएर गएका छन् । त्यतिखेर स्वतः प्रतिक्रान्तिकारीहरु पनि जाने गर्दछ । उनीहरुको कुनै भाषा हुँदैन । उनीहरुको कुनै लक्ष्य हुँदैन ।

उनीहरु क्रान्तिकारीमा पनि रहेका हुँदैन । त्यसकारण उनीहरु स्वतः प्रतिक्रान्तिकारीहरु रहन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा त्यस्ता मान्छेहरु देखा परेका छन् । गणतन्त्र प्राप्तिको लडाईमा पहिला गणतन्त्र प्राप्ति नै उपलब्धि रहन्छ । त्यसो गर्नलाई सम्पूर्ण जनताले अनुभूति हुने खालको, सबै जनतालाई उठाएर संघर्ष गर्ने बाहेक अर्को कुनै उपादेयता देखेको छैन । संघीय गणतान्त्रिक लोकतन्त्र हिजो अध्यक्ष प्रचण्डले सुरु गरेको जनयुद्धको विजय र जनआन्दोलनको प्रभावले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गरेको हो । जनयुद्धको युद्ध मैदानबाट अथवा जनयुद्धको भट्टीभित्र खारिएर आएका कमरेड मदन भण्डारीका विचारहरुको पनि प्लस पोइन्ट देख्न सकिन्छ । जनयुद्ध जसले सामन्तवाद र साम्राज्यवादका दुम्छल्लाहरुलाई थर्कमान पार्दै स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल शान्ति प्रक्रियाबाट स्थापना भएको हो ।

त्यसो भएको हुनाले कमरेड मदन भण्डारीले कमरेड वामदेव गौतमलाई ‘आइरन गेट’ भनेर भन्नु भएको छ । ‘आइरन गेट’ भनेको मदन भण्डारीका विचारहरुलाई रक्षा र विकास गर्ने बुझ्नु पर्छ । एउटा मात्र विशेषतालाई आदरणीय कमरेड वामदेव गौतमलाई म आफ्नै टाउकोमा आगो सल्काउनुहोस् भनेर भन्न किन चाहन्छु भने आवधिक निर्वाचन प्रणाली भनेर जुन १४ विशेषताहरुमा अहिले प्रयोग भएको आवधिक निर्वाचन प्रणालीको हिसाब गर्ने हो भने दुई वर्ष बाँकी हुन्छ यस्तो अवस्थामा तपाईले कसको लागि एकीकरण गर्नुहुन्छ । व्यक्तिगत अथवा विचार सहितको भन्ने बुझ्नु पर्ने हुन्छ । नेपालको शान्तिप्रक्रिया र जनयुद्धले स्थापना गरेको बारे अन्तर्राष्ट्रिय रुपमा पनि प्रभावित भएको छ ।

त्यसै कारणले नेपालको सिको गरेर बाउन्न वर्षदेखि युद्धरत कोलम्बियाका क्रान्तिकारीहरु र राज्यपक्षले शान्ति स्थापनाको लागि गरेको प्रयत्नबाट बुझ्न सकिन्छ कि यसको अन्तर्राष्ट्रिय तवरबाटपनि मूल्यांकन गरिएको छ । यसको लागि जनयुद्धको स्वामित्व लिनु पर्ने हुन्छ । जनयुद्धको स्वामित्व नलिने व्यक्ति र संस्थाले संघीय गणतन्त्र नेपालको महत्व बुझेको हुँदैन । नेपालमा भएको शान्ति प्रक्रियालाई पनि बुझेको हुँदैन । यसै सन्दर्भमा यो व्यवस्था पूँजीवादी नै हो भनेर भन्ने नेपाली कांग्रेसका नेता तथा एक नम्बर प्रदेश मोरङ्गका सभासद् माननीय लोकप्रसाद संग्रौला सम्माननीय प्रधानमन्त्रीलाई भन्नुहुन्छ –“सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू ३ वटा प्रश्न मात्र सोध्छु । पहिलो, “राष्ट्रप्रमुख भएर के आधारमा तपाईले विदेशी संस्थाबाट एक लाख डलरको उपहार लिनु भयो ? भोलि तपाईले एक–दुई करोड डलर लिनु भयो भने त्यो मिल्छ कि मिल्दैन ? कुन आधारमा लिनु हुन्छ ? तुरुन्त त्यो उपहार राज्यकोषमा जम्मा गर्नुस् ।” दोस्रो, “अहिलेको व्यवस्था भनेको बहुदलीय व्यवस्था हो ।

त्यो कम्युनिष्टहरुको बपौतीको बिर्ता होइन । यो व्यवस्थामा नेपाली कांग्रेस पनि छ । दोस्रो ठूलो पार्टीको रुपमा रहेको छ । नेपाली कांग्रेस क्रियाशील भएकै बेला तपाईले प्रतिनिधि सभा विघटन गर्ने अधिकार पाउनु हुन्छ ?” तेस्रो प्रश्न, “भ्रष्टाचारको कुरा अन्तर्राष्ट्रिय भईसकेका छन्तर तपाईले ती भ्रष्टाचारीहरुलाई संरक्षण गरेर राख्नु भएको छ । तपाईलाई थाहा होला हाम्रा गिरिजा बाबुलाई लाउडा काण्डमा अलिकति मुछेर हेरिदा गिरिजाबाबुको भनाई थियो –‘यो प्रधानमन्त्रीलाई होइन, साधारण जनताको रुपमा हेरेर तपाईहरु छानबिन गर्नुहोस्।’ भनेर आदेश दिइएको तपाईलाई थाहा छ कि छैन ?” त्यसो भएको हुनाले यी ३ वटा प्रश्नहरुको उत्तर तपाईले दिनुहुन्छ । दिनुहुन्न, थाहा छैन तर म विराटनगरबाट घोषणा गरिदिन्छु।

गणतन्त्र त्यत्तिकै हुँदैन । हरेक संघर्षमा विचारको पनि विकास हुन्छ । कसैले यहाँ पार्टी एकता
गराउँछु भनेर गरेको धुन लिएको छ भने त्यो पनि राम्रै हो तर यो अहिलेको मुख्य लडाई गणतन्त्र प्राप्तिकै हो । गणतन्त्रलाई सुदृढ गराउनु नै हो । यहाँ काला बादलहरु र षड्यन्त्रका तानाबानाहरु बुन्न थालिएको छ । यहाँ पनि फेरि गणतन्त्रलाई अपरहण गर्ने देखा परेको छ राजनीतिक आकाशमा कालो बादल मडारिन थालेको भान हुन्छ । यहाँनेर विचारको विकास हुन्छ । विचारको विकास हुने हो भने देखि यो जनयुद्ध त जारी रहेको अवस्था हो । जनयुद्धले जितेको अवस्था हो । विजय प्राप्त गरेको अवस्था हो । यसमा जनयुद्धदेखि थाकेर प्रतिक्रान्तिकारी हिँडेको अवस्था पनि हो । यिनीहरुको रुपमा हरेक कुराको रुपमा रुप मात्रै हुँदैन त्यसको विकास पनि हुन्छ । भावनाको पनि विकास हुन्छ । सिद्धान्तको पनि विकास हुन्छ ।

हिजो प्रचण्डले गरेको जनयुद्धमा फेरबदल भएको छ । हिजो प्रचण्डले गरेको जनयुद्धको विकास अहिले धेरै मात्रामा विकास भएको छ । त्यो विकास भनेको के हो भने अहिले जनयुद्धका मोर्चाहरु फेरिएका छन् । जनयुद्धको स्ट्राटेजीमा विकास भएको छ । सिद्धान्तमा विकास भएको छ । त्यसै कारणले गर्दाखेरि जनयुद्ध त जारी छ । यो जनयुद्ध जबसम्म रहिरहन्छ तबसम्म विकासको आधारमा साम्यवादसम्म गईरहन्छ । यो त विपरितहरुको बीचको लडाई हो । त्यसले गर्दा खेरि यो लडाई त जारी नै रहन्छ । त्यसो भएको हुनाले अहिलेको मुख्य लडाई भनेको नैगणतन्त्रको सुदृढीकरण गर्नु हो । त्यसो भन्दाखेरि के हो त सुदृढीकरण भने संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अविभाज्य रुपमा, अपरिवर्तनीय रुपमा कायम गराउनु पर्ने हो । त्यसको लागि सम्पूर्ण रुपमा जनताले गणतन्त्रको उपयोग अथवा गणतन्त्रको अनुभूति गर्न नपाएको अवस्थामा सम्पूर्ण बन्दीहरुलाई रिहा गरेर यो गणतन्त्रमा खुलेका संगठनहरुलाई खुल्ला गर्नुपर्ने आवश्यकता छ । यहि नै मुख्य कुरा हो र सबैभन्दा ठूलो कुरो गणतन्त्रको लडाईप्रति एक भएर जानु नै आवश्यकता हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board