प्रिमियर लिगमा टोटेनह्यामको शानदार जित

काठमाडौं, १७ फागुन ।   इङ्ग्लिस प्रिमियर फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीसँगको अङ्क दूरी १२ मा झारेको छ ।गएराति भएको खेलमा चेल्सीसँग गोलरहित बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले २६ खेलमा ५० अङ्क जोड्दै पहिलो स्थानको म्यानचेस्टर सिटीसँग अङ्क दूरी घटाएको हो ।

म्यानचेस्टर सिटीको समान २६ खेलबाटै ६२ अङ्क छ । चेल्सी ४४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । यस्तै गएराति भएकै खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलको जितमा खेलको ४८ औँ मिनेटमा कर्टिस जोनले गोल गरे । खेलको ६४ औँ मिनेटमा सेफिल्डका केन ब्रायनले आत्मघाती गोल गरे । यस्तै, गएराति नै भएको खेलमा टोटेनह्यामले सानदार जित निकालेको छ । उसले बनर्ली ४(० गोल अन्तरले पराजित गर्यो ।टोटेनह्यामलाई जित दिलाउन ग्यारेथ बेलले खेलको २ र ५५ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै, ह्यारी केन र लुकास मौराले एकरएक गोल गरे । जितसँगै टोटेनह्यामले २५ खेलमा ३९ अङ्क जोडेर तालिकाको आठौं स्थानमा छ । बनर्ली २८ अङ्क जोडेर १५ औं स्थानमा रहेको छ । यस्तै, गएराति भएकै अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ भने क्रिस्टल प्यालेस र फुलह्यामले गोलरहित बराबरी गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board