भारतले तोक्यो कोरोना खोपको मूल्य, निजी अस्पतालमा २५० रूपैयाँ

काठमाडौं । भारत सरकारले निजी अस्पतालका लागि कोरोना खोपको मूल्य निर्धारण गरेको छ ।

प्रतिडोज मूल्य २५० रुपैयां (भारु) निर्धारण गरिएको हो । निजी अस्पतालमा खोपका लागि तोकिएको २५० रुपैयांमध्ये १५० खोपको मूल्य र सय रुपैया“ सेवा शुल्क हो । मार्च १ देखि सुरु हुने खोपको चरणमा करिव १२ हजार सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई निःशुल्क खोप दिइनेछ । यस चरणमा ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइनेछ । यसको साथसाथै ४५ देखि ६० वर्ष उमेरका गम्भीर रोगबाट पीडित व्यक्तहरूलाई पनि खोप दिइनेछ ।

भारतमा गत जनवरी १६ देखि सुरु भएको कोरोनाविरुद्धको खोप कार्यक्रम शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति