अमेरिकामा एक मात्रा मात्रै लगाए पुग्ने कोरोना खोप प्रयोगको अनुमति

काठमाडौं । अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ ।

जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ । अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनले स्वीकृति पाएको हो । यो खोप एकपटक मात्रै लगाए हुने र जुनसुकै रेफ्रिजेरेटरमा भण्डारण गरेर राख्न सकिनेछ । फाइजर र मोर्डनको भ्याक्सिनलाई भने डिफ्रिजको आवश्यकता पर्छ । अरु खोपभन्दा जोन्सन एण्ड जोन्सनको कोरोना भ्याक्सिन सस्तो रहेको भनिएको छ तर अहिलेसम्म कोरोना खोपको मूल्यबारे भने जानकारी गराइएको छैन ।

अमेरिकाले यो खोपको १० करोड डोज खरिद गर्ने जनाएको छ । बेलायतलगायत देशहरुले पनि यो खोप किन्नका लागि प्रक्रिया सुरु गरिसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board