नाइजेरियाली स्वास्थ्यकर्मीलाई खोपसम्वन्धी तालिम

काठमाडौं । नाइजेरियाका स्वास्थ्यकर्मीहरूलाई कोरोनाभाइरस विरुद्धको खोपसम्वन्धी तालिम दिइएको छ । देशभरीका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूलाई तालिम दिएसँगै खोप अभियान सञ्चालन गर्नका लागि आवश्यक मुख्य काम तयारी अवस्थामा पुगेको छ । पहिलो चरणमा कम्तीमा १३ हजार स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको प्राथमिक स्वास्थ्य सेवा विकास कार्यालयका प्रमुख फैसल शुआइबले जानकारी दिए । अरु स्वास्थ्यकर्मीहरुलाई अर्को चरणमा तालिम दिइने र आवश्यकता अनुसार उनीहरुलाई परिचालन गरिने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति