कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं, १४ फागुन ।  कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो ।शुक्रबार बिहान उनलाई त्यहाँबाट नर्भिक अस्पताल पुऱ्याइएको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए । उपचारमा संलग्न एक चिकित्सकका अनुसार नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको छ । अहिले उनको आकस्मिक अपरेसनको तयारी गरिएको पनि चिकित्सकले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति