युरोपा लिग : आर्सनल र म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा


काठमाडौं, १४ फागुन । युरोपा लिग फुटबल प्रतियोगितामा इंग्लिस क्लबद्वय आर्सनल र म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा पुगेका छन्।

आर्सनलले पोर्चुगिज क्लब बेन्फिकालाई समग्रमा ४-३ गोलले पछि पारेको हो।पहिलो लेगमा १-१ गोलको बराबरीमा सकिएको थियो। आर्सनलले बिहीबार भएको दोस्रो लेगमा आर्सनल ३(२ गोलको जित निकाल्यो।म्यानचेस्टरले स्पेनिस क्लब रियल सोसिडाडलाई समग्रमा ४-० गोलले पछि पार्‍यो।पहिलो लेगमा ४-० ले जित हात पारेको म्यानचेस्टरलाई दोस्रो लेगमा सोसिडाडले गोलरहित बराबरीमा रोक्यो। यता अर्को इंग्लिस क्लब लेस्टर सिटी बाहिरिएको छ। लेस्टरलाई स्लाभिया प्रागले समग्रमा २-० गोलले पछि पार्‍यो। पहिलो खेलमा गोलरहित बराबरीमा सकिदा दोस्रो लेगमा प्राग २–० गोलले विजयी भयो। यता इटालियन क्लब नापोलीलाई स्पेनिस क्लब ग्रानडाले समग्रमा ३-२ ले पछि पारेर अन्तिम ३२ मा स्थान पक्का गरेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board