पशुपतिमा सुनको जलहरी राख्ने मुद्दामा सर्वोच्चले दियो कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न आज अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने काम तत्काल नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा आजै पूजाआरधाना गरी १०८ किलोको सुनको जलहरी अनावरण गरे ।

आदेशमा भनिएको छ, “पशुपतिनाथ मन्दिरको महत्व, संवेदनशीलता र प्राचीन स्मारक संरक्षण ऐन २०१३ को कानूनी व्यवस्थाको सन्दर्भमा सुविधा सन्तुलनको दृष्टिकोणबाट छलफलको टुङ्गो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु÷नगराउनु ।”

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष, पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्, गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई छुट्टाछुट्ट दुई रिट निवेदन दायर गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति