अदालतको फैसला कार्यान्वयन गर्ने ओली समूहको निर्णय, संसद् बैठक बोलाउने

काठमाडौं । नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।

अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णयसहित फैसलाले दिएको समयसीमा भित्रै बैठक बोलाउने ज्ञवालीको भनाई छ ।

त्यस बीचमा ओली समूहले अन्य राजनीतिक दलहरुस“ग पनि छलफल हुने भएको छ । सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति