संसद विघटन मुद्दामा प्रधानन्यायाधीशले पढ्न थाले फैसला

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले संसद विघटन मुद्दामा फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढ्न थालेका छन् । यसैवीच केहिवेर अघि इजलासले मंगलबार कार्यालय समय सकिएपछि पनि यो मुद्दामा सुनुवाइ गरिरहेको छ । इजलासमा सुनुवाइ भइरहँदा सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालत परिसरमा रहेका रिट निवेदकलाई पनि इजलासमा बोलाइएको छ । संसद विघटनविरुद्ध परेको १३ वटा रिटमा पुस १० गतेदेखि सुनुवाई भइरहेको छ । फागुन ७ गतेसम्म रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको बहस सकिएपछि इजलास मंगलबारका लागि बोलाइएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति