भारतमा २४ घण्टामा १० हजार ७९२ जनामा संक्रमण, ८० जनाको मृत्यु

काठमाडौं, ११ फागुन । भारतमा १ करोड १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार ७९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १० लाख ७९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ४९८ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७ लाख १० हजार ४८३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४८ हजार ८८२ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति