भारतमा फेरि बढ्यो कोरोना त्रास, महाराष्ट्रमा नयाँ प्रतिबन्ध

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा कोरोना संक्रमण बढ्न थालेपछि आजदेखि राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ ।

महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले हिजो टीभीमार्फत नागरिकलाई सम्बोधन गर्दै केही दिनसम्म भीडभाड हुने कुनै पनि कार्यक्रम गर्न नपाइनेगरी प्रतिबन्ध घोषणा गरे । उनले राज्यमा महामारीले फेरि बढेको भन्दै कोरोनाको दोस्रो लहर हो कि होइन पत्ता लगाउन ८ देखि १५ दिनभित्र लाग्ने बताए । लकडाउन समाधान नभए पनि कोरोनाको चक्र रोक्ने एक मात्र उपाय भएको उनको भनाइ थियो । उनले राज्यले लागू गरेको नियम उल्लंघन गर्नेलाई सजाय दिइने चेतावनी समेत दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board