काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
हिजो तोलामा ८९ हजार रुपैया“मा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८८ हजार ५५० रुपैया“मा कारोबार भएको छ ।
यसैबीच चांदीको मूल्य भने सामान्य वृद्धि भएको छ । हिजो तोलामा १ हजार ३ सय ३० रुपैयामा कारोबार भएको चांदी आज ५ रुपैया बढेर तोलामा १ जहार ३ सय ३५ रुपैयामा कारोबार भएको नेपाल सुनचा“दी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया