अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय फिल्ममा डेब्यू गर्दै

काठमाडौं । नायिका स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने भएकी छिन् । छोटो समयमै नेपाली फिल्ममा चर्चा बटुल्न सफल स्वस्तिमाले दक्षिण भारतीय फिल्ममा अभिनय गर्न लागेको उनी निकट स्रोतले जानकारी दियो । यसअघि पनि स्वस्तिमाले एक अङग्रेजी फिल्ममा अभिनय गर्ने फाइनल भइसकेको छ । उक्त फिल्ममा स्वस्तिमाले भुटानी शरणार्थीको भूमिका निभाउँदैछिन् । यसबारेमा स्वस्तिमाले आफै स्पष्ट पारेकी थिइन् ।

दक्षिण भारतीय फिल्मको नाम ‘थिरीमाली’ राखिएको छ । उक्त फिल्ममा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, आना रेश्मा लगायतका कलाकारको अभिनय रहनेछ । यस्तै माओत्से गुरुङसहित अन्य केही कलाकारको समेत अभिनय रहने जनाइएको छ । यद्यपि फिल्ममा नेपाली कलाकार को को रहने भन्ने अझै फाइनल भइनसकेको स्रोतले बताएको छ । नेपालमा समेत छायांकन गरिने यो फिल्ममा स्वस्तिमाको भूमिका कति रहने भन्ने पनि खुलाइएको छैन । यता स्वस्तिमाले पनि फिल्ममा अभिनय गर्नेबारे अहिलेसम्म कुनै जानकारी दिएकी छैनिन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board