भारतमा १ करोड १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण

काठमाडौँ, १० फागुन । भारतमा १ करोड १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १३ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १० लाख ५ हजार ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ४१८ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख ९७ हजार १४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ५१ हजार ६३९ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board