आइपुग्यो सरकारले किनेको १० लाख डोज कोरोना भ्याक्सिन

काठमाडौं । भारतबाट आज कोरोनाविरुद्धको थप १० लाख डोज खोप नेपाल आइपुगेको छ ।

कोरोनाविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप दिउ“सो एयर इन्डियाको विमानमार्फत काठमाडौं आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियासंग २० लाख डोज खोप किन्ने सहमतिअनुसार १० लाख डोज खोप आएकोे मन्त्रालयले जनाएको छ । बांकी खोप पनि आपूर्ति तालिकाअनुसार आउनेछ । आज काठमाडौं आइपुगेको १० लाख डोज खोपलाई टेकुमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरिनेछ ।

आगामी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि आज आएको खोप प्रयोग गरिने र त्यसका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लामा रहेका स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गरिनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board