आइपुग्यो सरकारले किनेको १० लाख डोज कोरोना भ्याक्सिन

काठमाडौं । भारतबाट आज कोरोनाविरुद्धको थप १० लाख डोज खोप नेपाल आइपुगेको छ ।

कोरोनाविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप दिउ“सो एयर इन्डियाको विमानमार्फत काठमाडौं आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियासंग २० लाख डोज खोप किन्ने सहमतिअनुसार १० लाख डोज खोप आएकोे मन्त्रालयले जनाएको छ । बांकी खोप पनि आपूर्ति तालिकाअनुसार आउनेछ । आज काठमाडौं आइपुगेको १० लाख डोज खोपलाई टेकुमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरिनेछ ।

आगामी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि आज आएको खोप प्रयोग गरिने र त्यसका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लामा रहेका स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गरिनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति