कोरोनाका चार नयाँ भेरियन्ट फेला

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६३० जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १२० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ६१ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७३ हजार २६३ जना छ भने २ लाख ६९ हजार ६१९ जना अर्थात् ९८.७ प्रतिशत कोरोनाबाट मुक्त भएको गैरआवासीय नेपाली सङ्घ, कोभिड– १९ उच्चस्तरीय समितिका प्रेश संयोजक चिरन शर्माले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति