भारतमा थप ११७ संक्रमितको मृत्यु, १४ हजार ५८७ जनामा संक्रमण

काठमाडौं, ८ फागुन । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार २४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार २४० पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १४ हजार ५८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख ७६ हजार ७७६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख ७५ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४४ हजार ६५४ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board