भारतमा थप ८५ संक्रमितको मृत्यु, १२ हजार ६४३ जनामा संक्रमण

काठमाडौँ, ७ फागुन ।  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार १२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार १२३ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ६४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख ६२ हजार १८९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख ६५ हजार ६८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४० हजार ९९८ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board