चिनियाँ खोप ‘भेरो सेल’ लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं,  ६ फागुन । सरकारले कोरोना भाइरसविरूद्धको चिनियाँ खोप ‘भेरो सेल’ लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

चिनियाँ कम्पनी सिनोफार्म कम्पनीले बनाएको उक्त खोपलाई औषधि व्यवस्था विभागले बुधबार अनुमति दिएको हो ।

बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको यो खोपको चीनमा पनि आपतकालीन प्रयोगको अनुमति दिइएको छ ।

नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले बनाएको कोरोनाविरुद्ध खोप ‘कोभिसिल्ड’ भारतबाट ल्याएर खोप अभियान शुरू गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति