देउवाद्वारा अन्सारीको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीकी धर्मपत्नी मल्लिका वेगम अन्सारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

मल्लिका वेगम अन्सारीको ५५ वर्षको उमेरमा नोवेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा मस्तिष्कघात उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले शोक वक्तव्यमार्फत अन्सारीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट समवेदना प्रकट गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति