अग्रिम भुक्तानी दिएर भारतसँग कोरोनाको खोप खरिद गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं,५ फागुन । सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को यो निर्णयले तत्काल खोप खरिद गरेर ल्याउने बाटो खुलेको छ ।सरकारले सिरम इन्स्टिच्यूटले उत्पादन गरेको २० लाख डोज भ्याक्सिन खरिद गर्ने प्रक्रिया थालेको भए पनि जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानीपछि मात्रै उक्त कम्पनीले ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो ।यही समस्या समाधान गर्न मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउ गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । सरकारले प्रति भ्याक्सिन ४ डलरका दरले खरिद गर्ने तयारी गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति