अब संयुक्त आन्दोलनको तयारीमा छौंः प्रचण्ड

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने तयारी भएको बताएका छन् । बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले केही समयभित्रै दलहरु संयुक्त आन्दोलनमा जाने बताएका हुन् ।

त्यसका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल भइरहेको उनको भनाई छ । ‘हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ- यसलाई संयुक्त बनाऔं भनेर । रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु,’ अध्यक्ष प्रचण्डले भने, ‘जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ । केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ ।’

प्रचण्डले आफू शान्तिपूर्ण राजनीति गर्न प्रतिबद्ध रहेको बताउँदै अतिवादमा नजाने जिकिर गरे । ‘असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्छ,’ उनले भने, ‘प्रचण्ड त्यसमा जाँदैन, म शान्तिपूर्ण राजनीतिमा रहन्छु अतिवादमा जान्नँ ।’

प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वास प्रचण्डको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भएका ९० प्रतिशत सांसद पनि संसद विघटनकोविरुद्धमा रहेको उनको तर्क छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board