नेपाली बजारमा आज (आइतबार) सुनको मुल्यमा सामान्य गिरावट आएको छ । गएको शुक्रबार ९० हजार ९ सयमा कारोबार भएको सु्नको मूल्य आज आइतबार १ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजाब सुनको मूल्य ९० हजार ३ सय कायम भएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्यभने वृद्धि भएको छ । गएको शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले वद्धि भएर १३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया