विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ८७ लाख नाघ्यो : ८ करोड ८ लाखभन्दा बढी निको

काठमाडौ, १ फागुन । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड ८७ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ४ लाख २० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड ८७ लाख ९ हजार ४१ पुगेको छ ।

शनिवार विहान सम्म विश्वभर ८ करोड ६ लाखभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।पछिल्लो २४ घण्टामा ३ लाख ९७ हजार ६६५ जना निको भएका छन् ।होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५४ लाख ४७ हजार १३६ छ । यसमध्ये ९९ हजार ४३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २२२ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ९२ हजार ४७९ पुगेको छ ।कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ९२ हजार ४१९ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा २ लाख ३७ हजार ६०१ जना, भारतमा १ लाख ५५ हजार ५८८ जना, रूसमा ७९ हजार १९४ जना, बेलायतमा १ लाख १६ हजार २८७ जना, फ्रान्समा ८१ हजार ४४८ जना, इटालीमा ९३ हजार ४५ जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board