‘बलात्कारविरूद्ध सिंहदरबारअघि महिला मार्च’

काठमाडौँ । बृहत नागरिक आन्दोलनले शुक्रबार काठमाडौँमा बलात्कार विरुद्ध मार्चमास गर्ने भएको छ । लगातार बलात्कारका घटना भइरहेको विरोधमा ‘सिंहदरबार महिला मार्च पास’ गरिने भएको हो ।

शुक्रबार दिउँसो २ बजे बसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने बृहत नागरिक आन्दोलनले जनाएको छ । नागरिक आन्दोलनका तर्फबाट मोहना अन्सारी, अर्चना थापा, रीता परियारलगायतले एकपछि अर्को गरी भइरहेका बलात्कार घटनामा सरकार मूकदर्शक भएको, बलात्कारीकै सुरक्षा गरेको भन्दै त्यसविरुद्ध सडकबाट चुनौती दिने बताएका छन् ।

‘मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्म- यो सिलसिला अब सधैंका लागि बन्द हुनुपर्छ । सबै पीडितले न्याय पाउनुपर्छ,’ जारी अपिलमा भनिएको छ, ‘पुरुषप्रधान कानुन र सत्ताका आडमा कुनै अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु हुँदैन । हाम्रा घर, संविधान, कानुन, संस्था सबै अब बदलिनुपर्छ ।’

हेर्नुस् अपिल :-

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति