उपचारका लागि दिल्ली उडे पूर्वप्रधानमन्त्री खनाल

पूर्व प्रधानमन्त्री एवं प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन्।

शुक्रबार बिहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट नेता खनाल दिल्ली प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालका जानकारी दिए।

खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्। उनका अनुसार नेता खनाल सोमबार काठमाडौं फर्किने कार्यक्रम छ।

पारिवारिक स्रोतका अनुसार शरीर काँप्ने रोगको उपचारका लागि खनाल चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली जान लागेका हुन्।

पीसीआर परिक्षण नेगेटिभ रहेको रिपोर्टसहित गएपछि भारतमा क्वोरिन्टनमा बस्नु पर्ने अनिवार्यता छैन।

यसअघि अमेरिका र चीनमा खनालले उपचार गराएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति