पक्राउ परेपछि झाँक्रीले भनिन्…

काठमाडौँ । राज्यविरुद्धको कसूर गरेको अभियोगमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीले आफ्नो समर्थकहरुलाई धैर्य गर्न आग्रह गरेकी छन् ।

पक्राउपछि अपराध अनुसन्धान महाशाखा, मिनभवनमा रहेकी झाँक्रीले फेसबूकमा स्टाट्स राख्दै राख्दै भनेकी छन्, ‘मलाई राज्यविरुद्धको कसूरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ ।’

यसैबीच झाँक्रीले यो अन्तिम लडाइँ भएको पनि बताएका छन् । ‘अहिले मिनभवनमा छु’, झाँक्रीले उल्लेख गरेकी छन्, ‘यो अन्तिम लडाइँ हो ।’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वकी नेतृ झाँक्रीलाई बिहीबार बिहान प्रहरीले उनकै निवास शंखमूलबाट पक्राउ गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति