रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।

पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए । रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो, प्रचण्डले भने ।

आफूहरुले रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि ठाडो आदेशमा पक्राउ गरिएको प्रचण्डले बताए । यसबारेमा आफूले निर्णय गर्ने पनि उनले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति