तोलामा चार सयले घट्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ तोालमा चार सय रुपैयाँले सस्तो भएको छ । बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबारका लागि ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य आजका लागि ९१ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजको १३१५ रुपैयाँ तोकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति