कोरियन सिरिज ‘द किङ इज इन लभ’ अब डिशहोममा

काठमाडाैँ । चर्चित कोरियन सिरियल ‘द किङ इज इन लभ’ अब डिशहोममा हेर्न सकिने भएको छ ।

डिशहोमको च्यानल नम्बर-२ रियालिटी टिभीमा आजदेखि हरेक बिहीबार राति ८ः३० बजे उक्त सिरियल प्रशारण हुनेछ । दर्शकको सुविधालाई मध्यनजर गर्दै उक्त सिरियल नेपाली भाषामा पशारण गर्न लागिएको डिशहोम नेटवर्कले जनाएको छ ।

ग्राहकहरुलाई उत्कृष्ट सेवासहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियाँमा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रसारण गरिएको डिशहोमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रसारण गर्न तयारी डिशहोमले गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board