भारतमा २४ घण्टामा ११९ संक्रमितको मृत्यु, १२ हजार ७६० जनामा संक्रमण

काठमाडौँ, माघ २९। भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ३९९ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ११९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ३९९ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख ७१ हजार ६० पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५ लाख ७१ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४४ हजार ३२ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति