बेइजिङका नगरहरुलाई कोरोनाको उच्च र मध्यम जोखिमका रुपमा छुट्याइयो

बेइजिङ,२८ माघ । चीन सरकारका स्वास्थ्य अधिकारीहरुले यहाँको राजधानी शहर बेइजिङका कतिपय नगरहरुलाई उच्च तथा मध्यम खालको जोखिमयुक्त नगरहरुका रुपमा विभाजन गरिएको जनाएका छन् । सो कुराको जानकारी बेइजिङका अधिकारीहरुले मंगलबार पत्रकार सम्मेलन गरेर दिएका प्राप्त समाचारमा जनाइएको छ । मंगलबार दिइएको सो जानकारीअनुसार बेइजिङको रोङ्घुई भन्ने नगरलाई यसअघि उच्च जोखिम भएको नगरका रुपमा राखिएकोमा मंगलबार त्यसलाई पनि न्यून जोखिमयुक्त नगरका रुपमा राखिएको छ ।

मानिसका ठूलो बस्ती रहेका यहाँका अरु नगरहरु भने यसअघि नै कम जोखिमयुक्त बस्ती तथा नगरका रुपमा लिइएको छ । यहाँका अधिकारीहरुले नागरिकको बस्ती तथा नगरको घनत्व पनि हेरेर त्यहाँ महामारीको के कस्तो अवस्था छ भन्ने बारेमा अनुसन्धान गरिरहेका छन् । यदि उच्च जोखिमयुक्त अवस्थामा ती बस्ती र नगर रहेको अवस्थामा भने सफा गर्ने, स्यानिटाइज गर्ने र नागरिकहरुलाई सतर्क रहन आग्रह गर्ने गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति