वृहत् नागरिक आन्दोलनको अगुवाइमा बलात्कारविरूद्ध महिला ‘मार्च पास’ गरिने

काठमाडौँ । बलात्कारका घटना भइरहेको विरोधमा बसन्तपुर-सिंहदरबार महिला ‘मार्च पास’ गरिने भएको छ । वृहत् नागरिक आन्दोलनको अगुवाइमा माघ ३० गते (शुक्रबार) महिला मार्स पास हुन लागेको हो ।

एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने र सयौं अपराधीको पहरेदारी गर्ने सत्ता नचाहिने वृहत नागरिक आन्दोलनका तर्फबाट जारी अपिलमा भनिएको छ । ‘हामी सडकबाट चुनौती दिन्छौं- एकपछि अर्को बलात्कारलाई मूकदर्शक भई हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन । यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौं ?’ अपिलमा अगाडि भनिएको छ ।

शुक्रबार दिउँसो २ बजे बसन्तपुर-न्यूरोड-रत्नपार्क-भद्रकाली हुँदै सिंहदरबारको मुलगेटसम्म मार्च गर्नेछ । मार्च पासमा सहभागी हुन वृहत नागरिक आन्दोलनले सबैमा अपिल गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति