भारतमा २४ घण्टामा १० हजार ५१० जनामा कोरोना संक्रमण, ८५ संक्रमितको मृत्यु,

काठमाडौं, २८ माघ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार २८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार २८० पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार ५१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख ५८ हजार ३०० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५ लाख ५९ हजार ६०४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४३ हजार ४१३ रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति