काठमाडौं । आफूले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै आधिकारिक रहेको दाबी गर्न निर्वाचन आयोग पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न भन्दै निर्वाचन आयोग पदाधिकारीसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले बैशाख १७ र २७ गते दुुई चरणमा चुुनाव गर्ने गरी पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेका थिए ।
आयोगका प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले प्रधानमन्त्री ओलीलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुुस्थितिबारे अवगत गराएका थिए ।
प्रधानमन्त्री ओलीले प्रमुख आयुुक्तसहितका आयुुक्तसँग निर्वाचनको तयारीबारे छलफल गरेको र आयोगले गरिरहेको तयारी सन्तोषजनक रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुुझाव दिँदै प्रधानमन्त्री ओलीले सोका लागि सबै प्रकारका स्रोतसाधन उपलब्ध हुुने तथा कुनै कमी हुन नदिइने बताएका थिए ।
यद्धपी प्रतिनिधिसभा बिघटनविरुद्धको मुद्दा सर्वाेच्चको संंवैधानिक इजलासमा बहसकै क्रममा रहेको छ ।
प्रतिक्रिया